– स्पेनिस क्लब बार्सिलोनाका स्ट्रइकर लियोनल मेसी ले
(यो समेत मेसीले ५ औं पटक फिफा वर्ष खेलाडी उपाधि जितेका हुन)
२. सन २०१५ को महिलातर्फ फिफा वर्ष खेलाडी उपाधी कसले जीतिन ?
– अमेरिकी फुटबलर कार्ली लोयड ले
३. २०७२ को पृथ्वी प्रज्ञा पुरस्कार कसले पायो ?
– म्याराथन धावक वैकुष्ठ मानन्धर (उनले नपाललाई अन्तर्राष्ट्रिय खेलकुदमा स्वर्ण पदक दिलाएका थिए)
(पृथ्वी प्रज्ञा पुरस्कार पाउने पहिलो व्यक्ति नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कम्तान राजुकाजी शाक्य हुन)
४. नेपाल सरकार र भारत सरकारबिच पाइपलाइन सम्झौता कहिले भएको थियो ?
– २०७२ भदौ ७ गते
(भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म ४१ कि.मि. रहेको पाइपलाइनको अनुमानित निर्माण लागत ४ अर्ब ४० करोड रहेको छ ।)
५. नेपालको कुन राजमार्गमा पहिलो पटक विद्युतीय आपत्कालीन सूचना प्रणाली (EIS) जडान गरिएको छ ?
– बी. पी. राजमार्ग
(जापान सरकारको सहयोगमा निर्माण भएको बी. पी. राजमार्ग १६० कि.मि. छ ।)
६. २०७२ भदौ १२ गते एन्फा कम्प्लेक्समा सम्पन्न भएको साफ यु–१९ फुटबल खेलमा नेपालले भारतलाई कति गोल अन्तरले जितेको थियो ?
– पेनाल्टीमा (नेपाल ५ – भारत ४)
७. विश्वकै होचा व्यक्तिका रूपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको निधन कहिले भएको हो ?
– २०७२ भदौ १८ गते
(१९९६ मङ्सिर १५ गते सल्यानमा जन्मेका डाँगीको ७५ वर्षको उमेरमा अमेरिकाको अस्पतालमा निधन भएको हो । उनको उचाइ २१.५ इन्च थियो । उनले २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको प्रमाण पत्र प्राप्त गरेका थिए ।)
८. २०७२ को पदमश्री साधना सम्मान पुरस्कार कसले पाए ?
– महजोडी (चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)
(२ लाख राशि रहेको उक्त पुरस्कार “मान्ठा हराएको जुग” संस्करणात्मक पुस्तकलाई समेत संयुक्त रूपमा प्रदान गरेको थियो ।)
९. राष्ट्रिय बाल दिवस २०७२ को नारा के थियो ?
“पूननिर्माण र संविधानः बाल अधिकारको संरक्षण हाम्रो अभियान”
१०. सरकारद्धारा २०७२ असोजमा थप गरेको उप–महानगरपालिका कुन हो ?
– धनगढी उपमहानगरपालिका
(त्यसबेला २६ वटा नगरपालिका थप गरेको थियो भने ११ वटाको क्षत्र विस्तार गरेको थियो । अहिले कुल नगरपालीकाः २१७, कुल उप–महानगरपालीकाः १२, कुल महानगरपालिकाः १ र कुल गाविसः ३१५७ छ ।)
११. नगरपालिका विहीन ७ जिल्लाहरू कुन कुन हो ?
– मुगु, डोल्पा, कालिकोट, हुम्ला, रसुवा, मनाङ, मुस्ताङ
१२. विश्व पर्यटन दिवस २०१५ को नारा के थियो ?
– “एक अर्ब पर्यटक, एक अर्ब अवसर”
१३. नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्ने सभासद् कति थिए ?
– ५३७ जना (२०७२ असोज १ गते हस्ताक्षर भएको थियो)
१४. एभरेष्ट म्याराथन २०१५ को प्रथम, द्धितिय र तृतीय उपाधि क–कसले जिते ?
– भीमबहादुर गुरुङ, सुरेन्द्र बस्नेत र पासाङ लामा
(महिलामा– आङदापी शेर्पा, विदेशीमा– पोल्यान्डका रोवर्ट)
१५. नेपालको ३८ औं प्रधानमन्त्रीमा नेकपा (एमाले) का के.पी. ओली शर्मा (खड्कप्रसाद ओली) कहिले चुनिनु भएको हो ?
– २०७२ असोज २४ गते निर्वाचित, र २५ गते राष्ट्रपतिसमक्ष शपथ तथा पदभार ग्रहण
(निर्वाचनमा के.पी ओलीले ३३८ मत र सुशील कोइरालाले २४९ मत प्राप्त गरेका थिए )
१६. एनेकपा (माओवादी) को ओनसरी घर्तीमगर कहिले व्यवस्थापिका संसदको सभामुख चुनिनु भएको हो ?
– २०७२ असोज २९ गते निर्वाचित, ऊनी प्रथम महिला सभामुख हुन
(उपसभामूखमा राप्रपा नेपालका गंगाप्रसाद यादव चुनिनु हुनुभएको छ ।)
१७. नेपालको दस्रो तर पहिलो महिला राष्ट्रपतिमा नेकपा (एमाले) को उपाध्यक्ष विद्यादेवी भण्डारी (स्व. मदन भण्डारीको पत्नी) कहिले निर्वाचित हुनु भएको हो ?
– २०७२ कार्तिक ११ गते निर्वाचित, र १२ गते प्रधान न्यायधिस समक्ष सपथ ग्रहण
निर्वाचनमा विद्यादेवी भण्डारीले ३२६ मत र नेपाली काङ्ग्रेसका कुलबहादुर गुरुङले २१४ मत ल्याएको थियो)
(भण्डारी २०१८ असार ५ गते भोजपूरमा सामान्य किसान परिवारमा जन्मनु भएको हो)
१८. नेपालको दोस्रो उपराष्ट्रपतिमा एनेकपा (माओवादी) का नन्दबहादुर पुन (पाशाङ) कहिले निर्वाचिन हुनु भएको हो ?
२०७२ कार्तिक १४ गते निर्वाचित, र १५ गते राष्ट्रपति समक्ष सपथ ग्रहण
(निर्वाचनमा पाशाङले ३२५ मत र नेपाली काङ्ग्रेसका अमिय कुमार यादवले २१२ मत ल्याएका थिए)
१९. नेपाली सेनाको २४ औं प्रधान सेनापतिमा को निर्वाचित हुनुभएको छ ?
– राजेन्द्र क्षेत्री (२०७२ साउन २५ गतेदेखि)
२०. नेपालको नयाँ संविधान २०७२ कहिले जारी भएको हो ?
– २०७२ असोज ३ गते
(राष्ट्रपति डा. रामवरण यादवले नेपालको नयाँ संविधान २०७२ जारी भएको घोषणा गर्नुभएको हो । साथै उक्त खुसीयालीमा असोज ४ र ५ गते सरकारले सार्वजनिक बिदा घोषणा गरेको थियो ।)
२१. वरिष्ठ राजनीतिज्ञ, साहित्यकार एवं समाजसेवी राजेश्वर देवकोटाको निधन कहिले भएको थियो ?
– २०७२ साउन २५ गते
२२. सन २०१५ को CNN Hero को हुन ?
– अमेरिकाकी म्यागी डोयन
२३. नेपाल सरकारको मुख्य सचिवमा को चुनिएको छ ?
– डा. सोमलाल सुवेदी
२४. तेस्रो लिङ्गी भएर पनि नेपालमा पहिलो पटक MRP (राहदानी) पाउने पहिलो व्यक्ति को हुन ?
– कैलालीका ३६ वर्षीय मनोज शाही (२०७२ साउन २४ गते)
२५. युवा पत्रकारिता पुरस्कार २०७१ कसले प्राप्त गरे ?
– कान्तिपुर दैनिकका समाचार सम्पादक हिरा बहादुर थपा ले