२०७३ वैशाख १ गते गोरखापत्रबाट



१. संयुक्त राष्ट्रसंघद्धारा सन २०१५ मा पारित दिगो विकासका १५ वर्षे लक्ष्य कति वटा रहेका छन ?

– १७ वटा, (विश्वभरि नै गरिबी निवारण गर्ने, पृथ्वीको रक्षा गर्ने एवं सबैका लागि समृद्धिको सुनिश्चितता गर्ने प्रमुख लक्ष्यहरु हुन)


२. बि.सं. २०७२ मा प्रदान गरिने डा. बलराम जोशी ज्ञान–विज्ञान पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन ?

– मुटु रोग विशेषज्ञ भगवान कोइराला


३. कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनको अध्यक्ष पदमा को निर्वाचित भएका छन ?

– शेरबहादुर केसी


४. २०७२ चैत २६ को मन्त्रिपरिषद बैठकले संघीयता कार्यान्वयनका लागि कतिवटा समिति गठन गरेको छ ?

– २ वटा

(प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संघीयतामा कार्यान्वयन तथा पुनः संरचना उच्चस्तरीय निर्देशक समिति, र मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षातामा संघीयता कार्यान्वयन तथा प्रशासन पुनः संरचना समति)


५. औद्योगिक शान्ति पुरस्कार २०७२ बाट सम्मानित हुने बैंक कुन हो ?

– नेपाल एसबीआई बैंक


६. एपीआईएस (APIS) को पुरा रुप के हो ?

– Advance Passenger Information System


७. EIA को पुरा रुप के हो ?

– Environmental Impact Assessment


८. होमियोप्याथिक चिकित्सा पद्धतिका आविष्कारक को हुन ?

– जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान


९. “पानामा पेपर्स” के सँग सम्बिन्धित छ ?

– गोप्य दस्ताबेज सार्वजनिक भएको विश्वकै ठुलो घटना

((पानामाको खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे) ले विभिन्न देश तथा व्यक्तिहरूको गोप्य खुलासा गरेको घटना))


१०. विश्व स्वास्थ्य दिवस कहिले मनाउने गरिन्छ ?

– अप्रिल ७

(२०१६ को विश्व स्वास्थ्य दिवसको मूल नाराः मधुमेहको रोकथाम गरौं, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौं)


११. “आफ्नो अनुहार जहिल्यै सूर्यको उज्यालोतर्फ फर्काउ अनि छायाँ तिम्रो पछाडि पर्नेछ” भन्ने विचारक को हुन ?

– भोल्तेयर (प्र्रmान्सेली दार्शनिक)ं


१२. कुन ग्रहलाई ग्रहहरुको राजा पनि भनिन्छ ?

– बृहस्पति


१३. क्षेत्रफलका हिसाबले दोस्रो ठुलो महादेश कुन हो ?

– अफ्रिका


१४. नेपालमा ज्वालामुखीको चिन्ह कुन ठाँउमा पाइएको छ ?

– दैलेखको दुल्लु


१५. विशवको सबैभन्दा ठुलो नदी अमेजन हो भने सबैभन्दा लामो नदी कुन हो ?

– नाइल नदी


१६. प्राचीन कालमा इराकलाई के नामले चिनिन्थ्यो ?

– मेसोपोटामिया


१७. जापानको राजधानी टोकियो हुनुअघि कहाँ थियो ?

– क्याटो


१९. नेपालको सबैभन्दा उच्च स्थानमा रहेको जिल्ला सदरमुकाम कुन हो ?

– सिमिकोट (हुम्ला)


२०. "Back to Nature" दर्शनका प्रवर्तक को हुन ?

– लाओत्से (चीन)


२१. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?

– द्रविड


२२. २०७२ चैत २६ मा राजधानीमा सम्पन्न मिस नेपाल प्रतियोगिता २०७२ (२०१६) को उपाधि जित्ने युवती को हुन ?

– अस्मी श्रेष्ठ (मिस नेपाल अर्थः रोशनी खत्री, मिस नेपाल इन्टरनेसनलः वर्षा लखी)


२३. लिच्छविकालमा व्यापारिक केन्द्रलाई के भनिन्थ्यो ?

– द्रंग


२४. मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा कसलाई मानिन्छ ?

– प्रताप मल्ल


२५. राणकालीन सरकारद्धारा जनतालाई दिइने सूचनालाई के भनिन्थ्यो ?

– इस्तिहार


२६. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ?

– शैलजा आचार्य


२७. रेडियो नेपालको स्थापना कहिले भएको हो ?

– २००७ चैत २० गते


२८. “चिन्हो जान्हो” कुन भाषाको पत्रिका हो ?

– चेपाङ


२९. नेपालमा एफएम रोडियोको सुरुवात कहिलेदेखि भएको हो ?

– बि.सं. २०५२


३०. नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?

– फर्पिङ जलविद्युत आयोजना (५०० किलोवाट, स्थापनाः १९६८, काठमाडौं)


३१. नेपालमा कुन प्रधानमन्त्रीको पालादेखि योजनाबद्ध विकासको सुरुवात भएको हो ?

– टंकप्रसाद आचार्य (२०१३ बाट)


३२. “प्लान होलीडे” भन्नाले के बुझिन्छ ?

– योजना नबनी खाली रहेको वर्ष


३३. नेपालको एक मात्र सिकार आरक्ष कुन हो ?

– ढोरपाटन सिकार आरक्ष


३४. नेपाल सरकार वैधानिक कानुन २००४ (नेपालको पहिलो लिखित संविधानकोरुपमा चिनिने) कोद्धारा जारी भएको थियो ?

– पद्मशमशेर


३५. नेपालको संवैधानिक यात्रामा नेपालको संविधान २०७२ कति औं संविधान हो ?

– ७ औं


३६. बहुलबादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतन्त्रात्मक संसदीय शासन प्रणाली हुने व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ?

– धारा ७४


३७. नेपालको संविधान २०७२ को कुन धारामा स्वच्छ वातावरणको हकसम्बन्धी व्यवस्था गरिएको छ ?

– धारा ३०


३८. पृथ्वी दिवस कहिले मनाइन्छ ?

– अप्रिल २२


३९. पानी, माटो आदिको अम्लीयपन कुन एकाइमा नापिन्छ ?

– PH-scale


४०. विश्व व्यापार संगठनको त्च्क्ष्एक् सम्झौता केसँग सम्बन्धित छ ?

– बौद्धिक सम्पत्तिका अधिकार


४१. नागरिक वडापत्रको व्यावहारिक प्रयोग गर्ने पहिलो मुलुक कुनलाई मानिन्छ ?

– बेलायत


४२. कमान्डरी किताबखाना भन्नाले तत्कालीन समयमा कुन अड्डालाई बुझाउँथ्यो ?

– कर्मचारीको दैनिक हाजिरी राख्ने अड्डा


४३. नेपालमा जिल्लास्थित प्रशासनिक संरचनामा मौजा, प्रगन्ना र जिल्ला भन्ने तीन तह कुन कालमा थियो ?

– राणा कालमा


४४. कर्कट रेखा भनेको के हो ?

– साढे २३ डिग्री उत्तरी अक्षांश


४५. सरकारले वि.सं. २०७३ लाई कुन वर्षका रूपमा मनाउने भएको छ ?

– आन्तरिक पर्यटन वर्ष (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णमा)

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Thanks For Visiting