१. नेपालको संविधान २०७२ मा कति भाग, धारा र अनुसूचीहरु रहेको छ ?
– ३५ भाग, ३०८ धारा र ९ अनुसूचीहरु
२. नेपालको संविधान २०७२ अनुसार स्थानीय तह भन्नाले के बुझिन्छ ?
– गाउँपालिका, नगरपालिका र जिल्ला सभा
३. दोस्रो संविधान सभाको चुनाव कहिले सम्पन्न भयो ?
– २०७२ मंसिर ४ गते (पहिलो २०६४ चैत २८ गते)
४. दोस्रो संविधासभाको पहिलो बैठक कहिले बसेको थियो ?
– २०७० माघ ८ गते
५. नेपालको संविधान २०७२ मा कतिवटा मौलिक हकको व्यवस्था छ ?
– ३३ वटा (भाग ३ः धारा १६–धारा ४८)
६. नेपालको संविधान २०७२ को कति भाग/धारामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बारे उल्लेख छ ?
– भाग २१/धारा २३८ र २३९
७. नेपालको सविधान २०७२ को कति भाग/धारामा महालेखा परिक्षक बारे उल्लेख छ ?
– भाग २२/धारा २४० र २४१
८. नेपालको संविधान २०७२ को कति भाग/धारामा लोकसेवा आयोग बारे उल्लेख छ ?
– भाग २३/धारा २४२, २४३ र २४४
९. नेपालको संविधान २०७२ को कति भाग/धारामा निर्वाचन आयोग बारे उल्लेख छ ?
– भाग २४/धारा २४५, २४६र २४७
१०. नेपालको संविधान २०७२ को कति भाग/धारामा राष्ट्रिय मानव अधिकार आयोग बारे उल्लेख छ ?
– भाग २५/धारा २४८ र २४९
११. नेपालको संविधान २०७२ को कति भाग/धारामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बारे उल्लेख छ ?
– भाग २६/धारा २५० र २५१
– (र बाँकी अन्य आयोगहरुःः भाग २७ को धारा २५२ देखि–२६५ सम्म)
१२. नेपालको संविधान २०७२ अनुसार नेपाललाई कति प्रदेशको संघीय संरचनामा विभाजन गरिएको छ ?
– ७ प्रदेश (प्रदेश नंं १ देखि ७ सम्म)
१३. नेपालको संविधान २०७२ अनुसार राज्य संरचना तह कति छन ?
– ३ तह (संघ, प्रदेश र स्थानीय)
१४. नेपालमा हालसम्म कतिवटा संविधान निर्माण भएको छ ?
– ७ वटा (तर, पहिलो संविधान “नेपाल सरकारको वैधानिक कानुन २००४” घोषणा भए पनि कार्यान्वयनमा आएन)
१५. नेपालको संविधान २०७२ अनुसार कति वटा संवैधानिक निकायहरू (आयोगहरु) रहेको छ ?
– १३ वटा
(अख्तियार, महालेखा, लोकसेवा, निर्वाचन, मानवअधिकार, प्राकृतिकश्रोत, महिला, दलित, समावेशी, आदिवासीजनजाति, मधेसी, थारु, मुस्लिम)