एक दिन म एउटा पागलखानाको उद्यानमा (बँगैचामा) हिँडिरहेको बेलामा दर्शन सम्बन्धी पुस्तक पढिरहेको एक जना जवान मान्छेसँग भेट भयो । स्वस्थ देखिने जीउडाल र उसको व्यवहार अनुसार उ अरूजस्तो पागल हैन भन्ने कुरा प्रष्ट हुन्थ्यो । म उसको छेवैमा बसे र सोधे– यहाँ तिमी के गरिरहेको छौ ?
उसले मलाई देखेर छक्क पर्यो र म पागलहरुको उपचारगर्ने डाक्टर हैन भन्ने बुझेर उत्तर दियो– तपाईँको पश्नको उत्तर निकै सरल छ, ध्यानदिएर सुन्नुहोस–
मेरो बुबा एक बिरिष्ठ वकिल हुनुहुन्थ्यो र मलाई उहाँजस्तै बनाउन चाहानुहुन्थ्यो ।
मेरो काका एक ठुलो कम्पनीको मालिक हुनुहुन्थ्यो र म उहाँजस्तै बनेको देख्न चाहानुहुन्थ्यो ।
मेरी आमाले “म” मा आफ्नो प्यारो श्रीमानको छवि मात्र देख्न चाहानुहुन्थ्यो ।
मेरी दिदी सधैँ मलाई उसको श्रीमानजस्तै सफल व्याक्ति बनेको देख्न चाहानुहुन्थ्यो ।
मेरो दाजु एक राम्रो खेलाडी हुनुहुन्थ्यो, र मलाई उहाँजस्तै खेलाडी बनाउनको लागि प्रशिक्षण गराउन खोज्नुहुन्थ्यो।
अनि, स्कुलमा पनि यस्तै हुन्थ्यो, गणित शिक्षकले गणित पढ्नुपर्छ भनेर फकाउनुहुन्यो भने भने अंग्रेजी शिक्षकले अंग्रेजी पढ्नुपर्छ भनेर सम्झाउनुहुन्थ्यो ।
कसैले पनि मलाई मान्छेको रूपमा देखेनन बरु सबैले मलाई ऐना ठाने । उनीहरू जे छन मलाई त्यही देखे ।
र कसैलेपनि सर्वप्रथम कम्तीमा “मान्छे” बन्नुपर्छ भनेनन बरु मलाई उनिहरुजस्तै बनाउने प्रयास मात्र गरिरहे ।
त्यसैले, मैले यो पाखलखानामा छिर्ने निर्णय गरे किनभने यहाँ म कम्तीमा “म” बन्न सक्छु ।
#खलील_जीब्रानको आध्यात्मिक काथा #The_Asylum लाई मेरो भावअनुवाद ।