नोबेल साहित्य पुरस्कार विजेता महान नाटककार/साहित्यकार जर्जबनार्ड शाह (George Bernard Shaw) एकपटक रेलमा बिना टिकट पकडीएछन । खासमा उनले टिकट त किनेका रहेछन तर कहाँ राखेछन राखेछन । धेरै झोला/सुटकेसहरु बोकेकोले उनी बाह्रपोके जस्तै देखिन्थे । उनी बसेको कम्पाटमेन्ट नै उनको झोला/सुटकेस/लुगा/किताब इत्यादिले भरिएको थियो । उनले टिकट कहाँ राखे हुँला त भनेर सारा सुटकेस छानमारे तर भेटेनन ।
अन्तमा, टिकट कलेक्टरले निराश हुँदै भनेछन– मैले तपाईँलाई राम्रोसँग चिनेको छु । तपाईँ जस्तो महान नाटककार/साहित्यकारलाई सारा विश्वले चिनेको छ । तपाइजस्तो मान्छे बिना टिकट पक्कै यात्रा गर्नुहुन्न मलाई थाहा छ । पक्कै पनि टिकट कतै हराएको हुनुपर्छ । कृपया पिर नगर्नुस म अब फेरी टिकट कलेक्ट गर्न आउँदिन र अरू टिकट कलेक्टरहरुलाई पनि तपाईँलाई परिसान नगर्न भनिदिन्छु ।
तब जर्जबनार्ड शाह जंगीएछन– अरे मूर्ख! के तिमीलाई लागिरहेछ मैले यो सारा तनाव (लगेजमा टिकट खोज्ने), तिमीलाई टिकट देखाउनको लागि लिइरहेको छु ? मुख्य समस्या टिकट होइन, मुख्य समस्या त टिकटबिना म कहाँ जाँदै छु भन्ने नै मलाई थाहा छैन । रेल यति छिटो चलिरहेछ तर मलाई म कुन स्टेसनमा उत्रनुपर्ने हो थाहा छैन ।
Source: From the Book "The Language of the EXISTENCE" by OSHO