देउरालीमा बतास चल्यो...!

 देउरालीमा बतास चल्यो

देउरालीमा बतास चल्यो

बतास चल्यो बतास चल्यो बतास चल्यो

देउरालीमा बतास चल्यो



बाँजको पात हल्लाउदै
छहरालाई गिज्याउँदै
बाँजको पात हल्लाउदै
छहरालाई गिज्याउँदै
उकालीको बादलुलाई
उडाउदै जिल्याउँदै
उकालीको बादलुलाई
उडाउदै जिल्याउँदै
गुराँस घारी पाखो खुल्यो
पाखो खुल्यो पाखो खुल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो बतास चल्यो बतास चल्यो
देउरालीमा बतास चल्यो

सौन्दर्य र एकान्तको
दुई धारा देउरालीमा
सौन्दर्य र एकान्तको
दुई धारा देउरालीमा
सप्तरंगी चिमल फूलको
ओठ चुम्दै नौ डालीमा
सप्तरंगी चिमल फूलको
ओठ चुम्दै नौ डालीमा
भौतारिंदै हुस्सु डुल्यो
हुस्सु डुल्यो हुस्सु डुल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो बतास चल्यो बतास चल्यो
देउरालीमा बतास चल्यो

घारी घारी जिस्की पस्दै
डाली डाली बस्दै बस्दै
घारी घारी जिस्की पस्दै
डाली डाली बस्दै बस्दै
कहिले काहीं थाके जस्तै
संगीत र सुगन्धको
कहिले काहीं थाके जस्तै
संगीत र सुगन्धको
सुइँको पाए मात्ते जस्तै
यतै कतै फूलमा भुल्यो
फूलमा भुल्यो फूलमा भुल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो बतास चल्यो बतास चल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो


Music: Natikaji
Singer: Premdhoj Pradhan
Lyricist: Ramesh Dhital
Share:

Related Posts:

साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Popular Posts

Archive

Thanks For Visiting

68082