१८ औं शताब्दीका विश्वविख्यात जर्मन दार्शनिक/विचारक इम्यानुअल कान्ट (Immanuel Kant) एक त्यस्ता व्यक्ति थिए जो घडीको सेकेन्ड सुइ अनुसार चल्दथे । एकदमै पङ्चुअल, एकदम य्याकुरेट समय अनुसार चल्ने । विहानको १२ बज्यो भनेपछि ठ्याक्कै लन्च खानै पर्ने, साझ ६ बज्यो भनेपछि डिनर खानै पर्ने, वेलुकाको ९ बज्यो भनेपछि सुत्नै पर्ने । उहाँ कोनिस्बर्ग युनिभर्सिटीको प्रोफेसर हुनुहुन्थ्यो ।
एकदिन पढाउन जाँदैगर्दा उनको एउटा जुत्ता नालीमा झरेछ; तर त्यो जुत्ता टिपेर लगाउँन थालियो भने क्लासमा ३ मिनेट ढिला पुगिन्छ भनेर एउटा जुत्ता मात्र लाएर गएछन ।
कान्ट बहुत सेन्स अफ ह्युमर भएका प्रोफेसर थिए । जति धेरै दर्शन र सिद्धान्तहरूमा घोत्लिन्थे; त्यो भन्दा बढी मस्ति मजागको लागि समय छुट्याउदथे । साथिभाईको बिचमा वाइन पिएपछि सबैलाई हँसाउने, ठट्टा गर्ने जिम्मा अक्सर उनैको भागमा पर्दथ्यो ।
उनको यही ठट्यौलोपनाले गर्दा होला सायद, एउटी कटीले उनलाई बहुतखुब प्रेम गर्दथीन; र धेरै पटक कान्टलाइ ती केटीले मलाई विवाह गर भनेर प्रस्ताव राखेकी थिइन; तर कान्ट विचारक न परे; म विचार गर्छु, म विचार गर्छु मात्र भन्दथे ।
वाकही कान्टले सोचे, धेरै सोचे, विचार गरे,धेरै विचार गरे, विवाह गर्नुको फाइदा र वेफाइदा सबै लाइन बाइ लाइन लेखेर हिसाब लगाय; अन्तत विवाह गर्यो भने विवाहको अनुभव हुन्छ भन्ने फाइदाले हिसाबकिताब जितेपछि उनी सरासर केटीको घरमा गएर ढोका ढकढकाए, केटीको बाउले ढोका खोले । तब कान्टले भन्न थाले- मैले विचार गरे, मैले सबै हिसाबकिताब गरे, विवाह गर्नुले नै जित्ने रहेछ, त्यसैले मैले निर्णय गरे, म विवाह गर्छु ।
तब केटीको बाउ हाँस्न थाले, कोसँग गर्छौ? मेरी छोरीको त विवाह भएर पनि बच्चा समेत भै सक्यो, विचार गर्न धेरै समय लगायौ, बहुत देर हुवा, सरी ।
त्यसपछि, कान्टले एक्लै जीवन विताए । त्यसर्थ, हामीले जीवनमा नाफाघाटा हिसाबकिताब गर्न थाल्यौ भने, सोच्न थाल्यौ भने, विचार गर्न थाल्यौ भने, जीवनलाई असली रूपमा जीउन छुटाउछौं ।
References:
-TheDimondSutras (A book by OSHO)