१९ औँ शताब्दीका विश्वविख्यात गणितज्ञ एवं दार्शनिक बर्ट्रान्ड रसेल (Bertrand Russell) एकदमै रमाइला प्रोफेसर थिए । रसेल मात्र एक त्यस्ता महान् व्यक्ति हुन जो खासमा गणीतज्ञ भएर पनि साहित्यको क्षेत्रबाट नोबेल पुरस्कार पाएका थिए । उनी लजिक, सिद्धान्त, दर्शन र गणितमा जति गम्भीर हुन्थे, उति नै ह्यमुरस एवं रमाइला गणितज्ञ पनि थिए । उहाँको गणितसँग सम्बन्धित एकदमै रोचक र हास्यास्पद घटनाहरू धेरै छन् ।
एक पटक उनले गणितको सेट थ्यउरी पढाइरहँदा, उहाँले नै प्रतिपादन गर्नुभएको सेटको प्याराडक्स (विरोधाभाष) सिद्धान्त बारे छलफल गरिरहेका थिए । सो सिद्धान्तमा- आफैँमा समावेश नभएका सेटहरूको पनि सेटहरूलाई कन्सिडर गरिन्छ, अनि सो सेट आफैँमा समावेश छ या छैन भनेर विश्लेषण गरिन्छ । जहाँ, यदि सो सेट समावेश छ भने, छैन; र यदि सो सेट समावेश छैन भने, छ; मानिन्छ । यो आफैमा एकदमै विरोधाभास सिद्धान्त छ, त्यसैले नै एसको नाम नै "रसेल्स थेउरी अफ प्याराडक्स" हो ।
आफैले प्रतिपादन गरेको त्यो जटिल विरोधाभास सिद्धान्तको व्याख्या गर्दा, रसेलले झुकिएर गल्ती गरेछन् । तब एक जना विद्यार्थीले रसेलले गरेको सो त्रुटि पत्ता लगाएछन् । तब, रसेल जस्तो गणितज्ञले पढाएकोमा पनि त्रुटि पत्ता लगाइदिने यो त धेरै जिनियस विद्यार्थी रहेछ भनेर न स्याबासी पाइन्छ कि भन्ठानेर ती विद्यार्थीले रसेलको सो त्रुटि लाई औंल्याएछन ।
विद्यार्थीले हात उठाए अनि आत्मविश्वासका साथ भने, प्रोफेसर! तपाईँले गल्ती गर्नुभयो, तपाईँले परिभाषित गर्नुभएको सेट एक्जिस्ट हुन सक्दैन, किनकि यसले विरोधाभास निम्त्याउँछ ।
आफ्नो तीव्र तर्क बुद्धिका लागि परिचित रसेलले हाँस्दै रमाइलो पारामा जवाफ दिए, "व, या, या, वेड डन, सही पत्ता लगायौ" । तिमिहरू सबैले मैले पढाएको ध्यान दिइरहेका छौ कि छैनौ भन्ने जाँच्नको लागि मैले जानाजान त्यो गल्ती गरेको थिए ।
तब सबै विद्यार्थी हाँस्न थाले, तब रसेलले पुनः उनको गल्तीलाई हाँस्दै सुधारेर पढाए । यसबाट के साबित हुन्छ भने रसेल आफ्ना गल्तीहरूलाई लजिक प्रयाेग गरेर रमाइलो तरीकाले वा हाँस्दै हाँस्दै कसरी ह्यान्डल गर्न चतुर रहेछन् भन्ने बुझिन्छ ।
त्यसर्थ, हामीले पनि जीवनका हरेक गल्ती कमजोरीहरूलाई हाँसी हाँसी रमाइलो तरीकाले ह्यान्डल गर्न सक्यौ भने जीवन सदैव रमणीय रहन्छ ।