बर्लीनको बिचबाट बग्ने यो खोलाको पानी, जमीनमुनीको पानी रिचार्ज गर्ने ध्ययले बिना कंक्रिट ढुंगा विच्छाएर बनाइएका यहाँका हरेक पैदलयात्रामैत्री बाटोहरू, साइकलमैत्री यहाँका हरेक गल्लीहरू/सडकहरू, जताततै पार्क र चौरीयाहरू, जताततै हराभरा रूख/बोटविरूवाहरू, प्रकृतिलाइ सबैभन्दा बढी हानि पुर्याउने कंक्रिटको भन्दा प्रकृतिलाइ कम-हानि पुर्याउने लाइमस्टोन, बालुवा र माटोको मिक्स प्रयोग गरेर बनाइएका होचाहोचा घरहरू, टायलको छानाहरू, दिगो फोहोर व्यवस्थापन प्रणाली, हरेक कुराको पुनर्प्रयोग/रिसाइक्लिङ सिस्टम, सेकेन्ड पनि ढिला नहुने यहाँका ठुला ठुला बसहरू लगायत कयौं सिस्टमहरू छन जसलाइ हामीले सजिलै कपि गरेर नेपालमा लागु गर्न सकिन्छ ।
अझ सबैभन्दा महत्वपूर्ण कुरा जो हाम्रा दार्शनीक नेता प्रदिप गिरीले बरम्बार भन्ने गरेका थिए- गाँउलाइ शहर बनाउने हैन बरू गाँउलाइ त्यहाँको जोग्राफि र वातावरणमा फिट हुने न्युनतम-इन्फास्टक्चर र सेवासुविधा प्रदान गरेर गाँउलाइ गाँउकै रूपमा जोगाउनु आजको युगको सबैभन्दा अत्यावश्यक काम हो, उहाँले भनेजस्तै ठ्याक्कै त्यही मोडेल जर्मनभरी देख्न सकिन्छ । हाम्रा प्रिय मेयर बालेनजी ले पनि काठमान्डौं उपत्यकालाइ सस्कृतिमैत्री, वातावरणमैत्री, पैदलयात्रामैत्री र साइकलमैत्री बनाएर पुरानै लयमा फर्काउछु भनेर चुनाव जीतेका हुन, हामीले सो भिजन अन्तरगतका के कती काम/प्रगती हुँदैछ वाच गरिरहेका छौं । माथीको तस्बिर केवल बर्लिनजस्तो हाइपपुलेटेड शहरको बिचबाट बग्ने खोला पनि कति स्वच्छ राख्न सकिने रहेछ प्रस्तुत गर्न मात्र ।