हरेक चाल जित्नको लागि मात्र हैन, केही शंकट टार्न पनि चाल्न सिक्नुपर्छ !

Gurdjieff-and-Ouspensky


ओस्पेन्स्की (P.D Ouspensky) एक त्यस्ता स्कलर थिए जसले गुर्डजिफ (George Gurdjieff) को आध्यात्मिक एवं दार्शनीक कामलाइ अघि बढाउन प्रयास गरेका थिए । तर,  ओस्पेन्स्की एक शैद्धान्तिक स्कलर थिए तर उनको गुरू गुर्डजिफ भने एक कस्मीक म्यान थिए । गुर्डजिफ खासगरी पूर्वीय दर्शन, वेद, योग, ध्यान, साधना, सभ्यता, सस्कृतिबाट व्यापक प्रभावीत भएका र इन्डियामै बसेर पूर्वीय दर्शनको गहिरो अध्ययन गरेका व्यक्ति थिए । गुर्डजिफले शीवको तेस्रो नेत्र वा थड आइ वा तेस्रो विधि जस्तै चौथो बिधि (फोर्थ वे) को आविष्कार समेत गरेका थिए ।  गुर्डजिफको यही विधि मा अध्ययन अनुसन्धान गरेर आध्यात्मिकतालाइ पश्चिमा जगतमा ब्यापक फैलाउन भने ओस्पेन्स्की सफल भएका थिए ।

गुरू गुर्डजिफ र चेलो ओस्पेन्स्की दुबै बहुत रमाइला थिए । हाँसी मजाग गरीरहन्थे ।  ओस्पेन्स्की चेस खेलका बहुत सौखिन थिए । एकपटक, ओस्पेन्स्कीले गुरू गुर्डजिफलाइ गुरू! आज चेस खेलम भनेछन । हुन्छ नि त भनेर दुबैजना चेस खेल्न थाले । ओस्पेन्स्कीले शुरूमै गुरूलाइ चेक दिएर ग्याम जित्छु भन्ठानेर एकदम कडा कडा चालहरू चाल्न थाले किनभने ओस्पेन्स्कीलाइ थाहा नै थिएन गुर्डजिफ चेस खेलको एकदम चतुर खेलाडी हुन भन्ने कुरा । गुर्डजिफले पनि एकदम अकल्पनिय चालहरू चाल्न थाले, गुरूको कडा कडा चाल देखेपनि ओस्पेन्स्की खुद आफै कुन चाल चाल्ने भन्ने सोच्नै बिर्सन थाले । गुर्डजिफले भने ओस्पेन्स्कीको थिंकिंङ प्याट्रान लाइ नै डिस्ट्रब गरिदिन्छु भनेर बहुत चलाख, र्यानडम एवं रणनीतिपूर्ण चाल चालिरहेका थिए । 

गुरूको यस्तो अकल्पनिय स्किल देखेर ओस्पेन्स्की तीन छक त खाय खाय, तर अन्तत ग्याम ओभर नहुदै उनले सरेन्डर गरे र भने, माफ गरिदिनुस गुरू हजुरको चालले मेरो सोच नै खलबलियो । तब गुरूले भने, हेर ओस्पेन्स्की शंकट जताबाट जतिखेर पनि आउन सक्छ, हामीले होसपूर्वक एवं ध्यानपुर्वक हरेक चाल चल्नु पर्छ । हरेक चाल जित्नको लागि मात्र हैन कि केही चालहरू शंकटलाइ टार्न पनि चाल्न सिक्नुपर्छ । तब, ओस्पेन्स्की गुरूसँग माफि मागेर यो जिवन्त ज्ञानको लागि धन्यवाद भनेर गुरूसँग कहिल्यै तुजुक देखाउन नहुने रहेछ भन्ने पाठ सिकेर गए । यो कथाबाट पनि हामीले ध्यान, आध्यात्म, धैर्यता र शुन्य-अहंकार बारे राम्रो पाठ सिक्न सक्छौ ।

युगकै महान दार्शनीक एवं आध्यात्मिक गुरू सदगुरू ओशो समेत यी दुइ गुर्डजिफ र उनका चेलो ओस्पेन्स्कीको प्रशंसक थिए किनभने उहाँहरूले अघि बढाएको "चौथो विधि" वा "फोर्थ वे" ले वाकहि पश्चिमा विश्वको आत्यात्मिक क्षेत्रमा व्यापक रूपान्तरण ल्याएको छ । 

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Thanks For Visiting