फोटोग्राफिक मेमोरीवाला मैले अहिलेसम्म पढेर थाहा पाएको पूर्वको विवेकानन्द, पश्चिमको निकोला टेस्ला (Nikola Tesla) हुन । उनीहरू जस्तो सुकै ठेली, सिद्धान्त वा फर्मुला फोटोकपिस्पीडमा मस्तिष्कमा स्टोर गर्न सक्दथे र त्यसलाई जीवनभर याद राख्नसक्दथे । यी दुई मध्ये टेस्ला एउटा त्यस्ता वैज्ञानिक थिए जसले एसी, रीमोटकन्ट्रोल, इलेक्ट्रिक पावर, मोटर, वायरलेस सिस्टम लगायत हजारौँ जीवनोपयोगी वैज्ञानिक आविष्कारहरू गरेका थिए । टेस्ला हरेक दिन जम्मा २ घण्टा मात्र (डीप स्लीपीङ) सुत्थे । उठ्नासाथ एक घण्टा ब्रेथीङ एक्ससाइज (प्रणायम) गर्दथे । शरीरलाई स्वस्थ राख्नकै निमित्त हरेकदिन उनी १५ किलो मिटर हिँड्थे । उनी कन्सियस भेजीटेरीयन थिए ।
एक पटक पत्रकारले उनलाई पश्न गरेछ– तपाईँको कसैसँग प्रेम भएको हल्ला पनि सुनिएको छैन, विवाह कहिले गर्नुहुन्छ त ? टेस्लाले हाँस्दै उत्तर दिएछन– मेरो स्वतन्त्र जीवन विज्ञान, प्रविधि र समाजको लागि हो । मेरो जीवन विवाह वा कुनै बन्धनको लागि हैन । महान आविष्कारकहरू प्रायजसाे अविवाहीत नै हुन्छन । त्यही पनि तपाईहले मेरो प्रेमको हल्ला सुनिएको छैन भन्नुहुन्छ, थाहापाइराख्नुस कि म विगत लामो समयदेखि एउटा सेतो परेवासँग गहिरो प्रेममा छु र उनले पनि मलाई बहुतै प्रेम गर्छिन ।