नववर्ष २०८१ को हार्दिक मंगलकामना !



नव वर्ष २०८१ को पहिलो शुभ दिनको पावन अवसरमा सम्पूर्ण प्रियजन तथा इष्टमित्रहरूमा विशेष विशेष शुभकामना ! सायद हामीले अघिल्लो वर्ष धेरै गुमायौं होला, खासमा, जीवन हाँसिल गर्ने र गुमाउने शिलशिला नै हो । तर, यो वर्ष हामी सबैको आशाको वर्ष हुनेछ, यो वर्षले हामी सबैको जीवनमा समृद्धि, सुस्वास्थ्य, आत्मसन्तुष्टि, सत्विचार, सतप्रेम, सद्भाव, आनन्दीपना, उत्साह, हर्षोउल्लास र खुशीको वहार लिएर आउने छ । यो वर्ष हामी सबै मिलेर हाम्रा सपनाहरू साकार गर्न पाउँछौ । यो वर्ष हामी सबैको हृदय प्रेमगीतले झंकार हुनेछ । यो वर्षले हामी सबैलाई आखिरीमा हामी को हौ त भन्ने थाहा पाउन, आत्मिक ध्यानको गहिराईमा डुबाउँने छ । यो वर्षले हाम्रो चेतन तन्तुलाई थप जाग्रीत बनाउने छ ।


हामीले विगतका गल्तिहरूबाट सिकेको पाठ र अनुभवहरूको आधारमा, यो वर्ष हामी बेहोसीमा हैन होसपूर्वक अघि बढ्नेछाैं । हामीले सिकेको र बुझेको कुरा सबैमाझ साझा गर्न सकौं । धनसम्पत्ति, शक्ति, प्रसिद्धि र भौतिक सुखसुविधा भन्दा पर, सरल तर आनन्दपूर्ण जीवन छ भन्ने कुराको मनन गर्न सकौं । हामीले आफुलाई, हाम्रो प्रकृति र सम्पूर्ण चराचर प्राणीहरूलाई, समान प्रेम गर्नुपर्छ भन्ने समभाव हामीमा विकास गराउन सकौं अर्थात, म भन्दा पनि हामी भन्ने दृष्टिकोण राखौं । र, यो वर्ष हामीले आफुलाई जति सकिन्छ, हाम्रो समाज र समुदायको लागि समर्पित गर्न सकौं । नयाँ वर्ष २०८१ को हार्दिक मंगलकामना!
Share:

२०८०, तिमिलाई धेरै धेरै धन्यवाद !



आज २०८० सालको अन्तिम दिन, कर्मथलोबाट भएपनि यो वर्षलाइ बिदाई गर्न एक तस्बिर खिचियो । यो साल पनि विगताका अरू सालझैं गल्तिहरू गर्दै गर्दै र हरेक गल्तिहरूबाट जीवन्त पाठहरू सिक्दै सिक्दै बित्यो । यो साल पनि जिन्दगीको मैदानमा संघर्ष गर्दै, अझ भनौं पढेर-परेर-र-गरेर सिकाई, ज्ञान र अनुभव बटुल्दै, सुन्दर भोलिको सपना बुन्दै बित्यो । मलाई विश्वास छ, अस्तित्वले मलाई जहाँ पुर्याउन पर्ने हो त्यही बाटोमा निरन्तर मलाई हिँडाउनेछ, र मलाई म को हुँ, त्यही बनाउने छ । मेरो सरल जीवनलाई अनेकन हन्डर ठक्कर खुवायरै भएपनि मलाई मेरो असली राजमार्ग पथमै हिँडाएकोमा म तिमी प्रति कृतज्ञ छु, धेरै धन्यवाद २०८० !

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Thanks For Visiting